स्याङ्जामा १८ जना जुवाडेलाई कोरोना भाईरस संक्रमण
काठमाडौं । स्याङ्जाको पुतलीबजारका दुईवटा जुवाखालबाट पक्राउ परेका १८ जना जुवाडेलाई कोरोना भाईरस संक्रमण देखिएको छ । प्रहरीले १० दिनअघि उनिहरुलाई पक्राउ गरेर मुद्धा चलाएको थियो । जुवा सम्बन्धी कसुरमा धरौटीमा छुटेकालाई क्वारेन्टाइनमा राखेर पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्याङ्जाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
करेन्टडाँडास्थित क्वारेन्टाइनमा बसेका १८ जुवाडेसहित स्याङ्जामा आईतबार २२ जनालाई कोरोना संक्रमण देखिएको छ । समूहमा जम्मा भएर तास खेल्दा पैसा र तास साटासाट गर्नुपर्ने र मास्कको प्रयोग समेत नगर्दा जुवा खेल्नेहरुलाई कोरोनाको जोखिम बढी हुन्छ । तास खेल्दा हातको पसिनाबाट भाईरस संक्रमणको जोखिम हुन्छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका तत्कालिन एसपी बिमलराज कँडेल सहित ४१ जना प्रहरीलाई संक्रमण भएको थियो । कोरोना संक्रमणको जोखिमका कारण कानुन कार्यान्वयन गर्न प्रहरीलाई थप चुनौती थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण