पुजारी हत्या प्रकरणः सांसद साह र प्रहरीबीच जुहारी
रौतहट । सांसद प्रभु साहले पुजारी हत्याकाण्डमा गलत प्रतिवेदन दिएका प्रहरीमाथि कार्वाहीको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी प्रदेश-२ का अध्यक्षसमेत रहेका सांसद साहले पुजारी श्रीराम साह हत्या प्रकरणमा प्रहरीले गलत प्रतिवेदन सार्वजनिक गरेको भन्दै कार्वाहीको माग गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत सांसद साहले पुजारी प्रकरणमा गलत अनुसन्धान गरेकोले संलग्न प्रहरीलाई निलम्बन गरी पुनः छानबिन गर्न माग गरेका छन् । गरुडामा निरञ्जन रामको हत्यापछि हिरासतमा रहेका विजय रामको समेत हत्या हुँदा विवादित भएको प्रहरीले पुजारी हत्या प्रकरणमा पनि यस्तै पर्दा हाल्न खोजेको उनको आरोप छ ।
त्यस्तै सांसद साहले उक्त घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास गरिएको भन्दै निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् । सांसद साहले यस घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरुन्त निलम्बन गरि घटनाको पुनः छानबिन गर्न जरूरी रहेको बताएका छन् ।
उता, प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले भने पुजारीको हत्या आर्थिक कारोबारमा कुरा नमिलेर भएको दाबी गर्दै आएका छन् । मृतक पुजारीका भाई लालबहादुर ठाकुरले दिएको जाहेरीमा रामनरेश पटेलसँग आर्थिक कारोबार भएको, पटेलका बाबुले एक लाख साँवाको ब्याजसहित ३ लाख पुग्दा विवाद भएको र त्यसकै कारण हत्या भएको डिआईजी धिरजप्रताप सिंहको दाबी छ ।
तर पुजारी परिवारका सदस्यले भने कुनै आर्थिक लेनदेन नरहेको भनी दुःखेसो पोखेका छन् । अर्कोतर्फ हिरासतमा रहेका पुजारी हत्याका आरोपी रामनरेश पटेल र बालकुमार पटेलका परिवारले पनि पुजारीसँग आफुहरुको कुनै किसिमको आर्थिक कारोबार नरहेको स्पष्ट पारेका छन् ।
आरोपी रामनरेश पटेलका बाबु तुलसी राउत र अर्का आरोपी बालकुमार पटेलका बाबु जवाहिर राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफुहरुको पुजारीसँग कुनै आर्थिक कारोबार नरहेको बताए । रामनरेशका बाबु तुलसी राउतले आफुले मृतक श्रीराम साहसँग कुनै किसिमको ब्यवहार नभएपनि प्रहरीले निर्दोष छोरालाई हत्याको आरोपमा फसाएको दुःखेसो पोखे ।
प्रदेश प्रहरी कार्यालयले हत्या प्रकरणको गहिरो छानबिन एवं अनुसन्धान गरेको भन्दै पुजारीको हत्या लेनदेनको कारण भएको लिखित प्रतिवेदन सार्वजनिक गरेको छ । माधवनारायण नगरपालिकाको खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहको भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण