शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महाकालीमा डुबेका युवकको शव पाँच दिनपछि फेला

मङ्गलबार, २३ भदौ २०७७, ०८ : ३९
मङ्गलबार, २३ भदौ २०७७

महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । 

महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो ।

बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए । सशस्त्र प्रहरी र सनसेट युथ भोलियन्र्टसको टोलीले समेत तीन दिनसम्म सुनारको महाकाली नदीमा खोजी गरेको थियो । 

सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप