इतिहासमा आज – दोस्रो विश्वयुद्धमा इटालीले छाड्यो हिट्लरको साथ
आज सेप्टेम्बर ८ । सन् १९४३ मा आजै दिन दोस्रो विश्वयुद्धमा जर्मनीको महत्त्वपूर्ण सहयोगी रहिआएको इटालीले उसको साथ छाडेको थियो । अमेरिकी सेनाका जनरल ड्वाइट डी इसेनहोवरले ८ सेप्टेम्रबमा इटाली आफ्नो समुहमा मिसिएको घोषणा गरेका थिए ।
जुलाईमा बेनिटो मुसोलिनी सत्ताच्युत भएपछि मार्सल पिइट्रो बाडोग्लियो इटालीको प्रधानमन्त्री बनेका थिए, जनरल इसेनहोवरका अनुुसार बाडोग्लियोले नै गोप्य रुपमा ५ सेप्टेम्बरमा मित्रराष्ट्रसामु आत्मसमर्पण गर्ने सम्झौता गरेका थिए ।
यतिबेला मेडाटेरानियन समुुद्रमा इसेनहावर मित्रराट्रहरुको संयुक्त सेनाका कमाण्डर थिए । उनका अनुसार इटाली सरकारले मित्रराष्ट्रहरुको गठबन्धनसँगका सबै खाले घृणित खेल बन्द गर्ने सहमति समेत गरेको थियो । स्थानीय समयअनुसार साँझ ५ बजेर ३० मिनेट जाँदा अल्जियर्स रेडियोमार्फत इसेनहावरले भने, ‘सबै इटालियनहरुले जर्मन विस्तारवादीहरुलाई इटालियन भूमीबाट लखेट्न सहयोग गर्नेछन्, मित्रराष्ट्रलाई उनीहरुको सहयोग र समर्थन हुनेछ ।’ यस घोषणापछि इटलियन जनताका नाममा प्रधानमन्त्री बाडोग्लियोले जारी गरेको सन्देशले आत्मसमर्पणको घोषणा पुष्टि ग-यो, उनले घुमाउरो रुपमा आफ्ना जनता पूर्वसहयोगी जर्मनीविरुद्ध नै लाग्नुपर्ने समेत बताए ।
मुसोलिनीको शासन ढलेको तीन हप्तापछि नै अगस्टमा इटालियन सरकारले सम्झौता गर्न खोजेको थियो । तर, ३ सेप्टेम्बरमा अन्ततः यो सम्झौता इटालीको सिसिली शहरमा भयो ।
दोस्रो विश्वयुद्धमा मित्रराष्ट्र र धुरीराष्ट्रका गठबन्धनबीच लडाइँ चलेको थियो । मित्रराष्ट्रतर्फ बेलायत, रुस, अमेरिका र चीन प्रमुख शक्ति थिए र उनीहरुलाई अन्य धेरै देशको साथ दियो । यता, धुरी राष्ट्रतर्फ जर्मनी, जापान र इटालीसहितका देश थिए । युद्ध चलिरहेकै बेला इटालीमा मुसोलिनी सत्ताच्युत भएपछि हिट्लरको शक्ति एकाएक कमजोर भयो । दुश्मनले घेरा हालिसकेपछि ३० अप्रिल, १९४५ मा हिट्लरले मृत्यु रोजे, त्यसको एक सातापछि जर्मनीले आत्मर्पण ग-यो । अर्थात्, युरोपमा विश्वयुद्ध अन्त्य भयो । एशियामा भने जापान अझै लडाइँमै थियो । अमेरिकाले हिरोसिमा र नागासाकीमा अणुु बम खसालेपछि बाध्य भएर जापानले २ सेप्टेम्बर, १९४५ मा आत्मसमर्पण ग-यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण