सुशान्तसिंह मृत्यु प्रकरणः रिया चक्रवर्ती गिरफ्तार
एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया चक्रवर्तीसँग गिरफ्तार गरेको छ । सुशान्तसिंह काण्डमा रियालाई मंगलबार ड्रग्सको मामिलामा दिल्लीबाट आएको एसआइटी समूहले सोधपुछ गरेको थियो । यसअघि उनका भाई शौविक चक्रवर्तीलाई पनि एनसीबीले पक्राउ गरिसकेको छ । समाचार एजेन्सी एएनआईले नारकोटिक्स कन्ट्रोल ब्यूरोका उप निर्देशक केपीएस मल्होत्रालाई उद्धृत गर्दै रियाको पक्राउको पुष्टि गरेको छ।
सेप्टेम्बर ५ मा शौविक चक्रवर्ती र सुशान्तसिंह राजपूतका प्रबन्धक शमूएल मिरन्दालाई एनसीबीको टोलीले पक्राउ गरेको थियो । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको घटनामा यो तेस्रो गिरफ्तारी हो। सुशान्तसिंहको मृत्यु प्रकरणमा सीबीआईले अनुसन्धान गरिरहेको छ तर यो गिरफ्तारी भने लागुपदार्थको कारोबारमा संलग्न रहेको आरोपमा एनसीबीले गरेको हो ।
रियालाई पक्राउ गरेलगत्तै एनसीबीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा एनसीबीले रियाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएको छ । एनसीबीका उप महानिदेशक (दक्षिण(पश्चिम क्षेत्र) मुठा डीजी अशोक जैनले भने, ‘रियाको स्वास्थ्य परीक्षण गरियो। उनको कोरोना टेस्ट पनि गरियो, जुन नेगेटिभ आएको छ ।’
उनले भने, ‘हामीले रियालाई गिरफ्तार गर्यौं, यसको मतलब हामीसँग यसका लागि पर्याप्त चीज छ।’ तर उनले गिरफ्तार गरिएकाहरुबाट अहिलेसम्म कुनै पनि प्रतिबन्धित वस्तुहरु नभेटिएको दाबी गरे । एनसीबीले रियालाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सुशान्तसिंह की बहिनी श्वेता सिंह कीर्तिले रिया पक्राउ परेलगत्तै ट्वीट गरेर भनेकी छिन् ‘भगवान हामीसँग हुनुहुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण