कोरोना सङ्क्रमणमुक्त परिवारलाई पुष्पगुच्छासहित सम्मान
बुटवल । समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको छ ।
बुटवल उपमहानगरपालिका–१३ का विभिन्न टोलमा स्थानीयवासीसँगै वडाका जनप्रतिनिधि समेतले सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरेका छन् । उक्त वडाको भानुपथमा कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा बसेर निस्किएका एकै परिवारका तीन जनालाई आज पुष्पगुच्छासहित टोलवासीले सम्मान गरेका हुन् ।
भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनीयर विकेक भुसाल, उनको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिएका छन् । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेसनमा बसेर आज २१ औँ दिनमा आइसोलेसन मुक्त भएका छन् ।
सो अवसरमा आइसोलेसनमा रहँदासमेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको कामना गरेको भन्दै इन्जिनीयर भुसालले सबैप्रति आभार व्यक्त गरे ।
कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेसनमा बसेर निस्किएका भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जनप्रतिनिधि गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण