दाङमा लकडाउन खुकुलो : यातायात जोरबिजोर प्रणालीमा चल्ने
दाङ । दाङमा कारोना रोकथामका लागि गरिएको आंशिक लकडाउन खुकुलो हुने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले दुई हप्तादेखि जारी बन्दाबन्दी सोमबारबाट खुकुलो हुने भएको हो ।
बैठकले सोमबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
रातिको समयमा भने पूर्णरुपमा लकडाउन गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएपछि जिल्लामा भदौ १५ गतेदेखि पूर्ण रुपमा लकडाउन गरिएको थियो ।
एक साताको पुर्णरुपमा लकडाउन गरेपछि भदौ २१ गते देखि २८ गते सम्मका आंशिक लकडाउन गरिएको थियो । दैनिक बिहान ६ बजेदेखि मध्यान्न १२ बजेसम्म बजार संचालन हुँदै आएकोमा अहिले लकडाउन खुकुलो बनाएको जिल्ला संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आइतबार जारी सुचनामा छ ।
जिल्लामा सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने र व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय छ । लकडाउन खुकुलो पारिएपनि गोष्ठि, सभा, सम्मेलन, जुलुस, महोत्सव, जात्रा र कुनै पनि किसिमका भिडभाड हुने क्रियाकलापमा भने पूर्णरुपमा रोक लगाइएको छ ।
उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुलाई खान बस्नका लागि आबश्यक व्यवस्था उद्योगले नै गर्नुपर्नेछ । दाडमा पछिल्लो समय व्यावसायीहरुले लकडाउन खुल्ला गर्न माग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण