शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशिक अस्पतालमा पिसिआर परीक्षणको शुल्क घट्यो

आइतबार, २८ भदौ २०७७, १७ : ३३
आइतबार, २८ भदौ २०७७

बुटवल ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २५ सय रुपयाँमा कोरोना परीक्षण हुने भएको छ । यस क्षेत्रको पुरानो र ठुलो अस्पताल मानिने लुम्बिनी प्रदेशिक अस्पतालको आज बसेको विकास समितिको  बैठकले  भोलिदेखी शुल्क घटनाउने निर्णय गरेको हो ।

बैठकले शुल्क घटाउने निर्णय गरेको अस्पतालका मेसु डा.राजेन्द्र खनालले रातोपाटीलाई बताए । यस्तै अस्पतालमा पिसिआर परीक्षण पनि दोब्वर बनाई दैनिक ४ सयदेखि ५ सयको परीक्षण गर्ने तयारी गरिएको उनले बताए ।

यसअघि सोही अस्पतालमा पहिलोपटक परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने गरेको थियो भने पछिल्लो समयको शुल्क ४४ सय रहेको थियो । अब सोमबारदेखि २५ सयमा परीक्षण गर्ने नियम लागू हुनेगरी निर्णय भएको छ । त्यस्तै २४ घण्टामा रिपोर्ट दिने गरी कर्मचारी र मेसिनको व्यवस्थापन गरिएको समेत उनले बताए ।

कुनै कारण कोरोना परीक्षण गर्नुपर्ने चिकित्सकले सिफारीस गरेका बिरामी र कोरोना पुष्टी भएका बिरामीको सम्पर्कमा रहेका व्यतिmहरुलाई भने निःशुल्क रुपमा परीक्षण गरिँदै आएको छ । तर व्यक्तिगत रुपमै परीक्षण गराउन चाहनेहरुका लागि शुल्क लिने नीति रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप