रुपन्देहीमा निषेधाज्ञाको अवधि असोज ४ गतेसम्मका लागि थप
बुटवल । कोरोना नियन्त्रणको लागी जारी गरेको निषेधाज्ञा रुपन्देहीमा असोज ४ गतेसम्मका लागि थप गरिएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राति १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाएको छ ।
बैठकपछि जारी सूचनामा यातायात व्यवसायीले गाडी चलाउन पाउनुपर्ने माग गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको नै उल्लेख छ ।
सभा गोष्ठी, तालिम, सेमिनार, पार्टीप्यालेस, सैलुन, समूहमा खेलिने खेलहरु पनि बन्द रहने सुचनामा जनाएको छ ।
अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु र सेवा बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गनुपर्ने यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टरहरु, मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका काम गर्न रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण