मोटरसाईकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी भण्डारी घाइते
आइतबार, २८ भदौ २०७७, २२ : ५०
काठमाडौं । मोटरसाईकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित सिंह भण्डारी घाइते भएका छन् । कञ्चनपुरको झलारी बजारमा भण्डारी सवार मोटरसाईकल लाई मिनी ट्रकले ठक्कर दिएको छ । महेन्द्रनगरबाट झलारीतर्फ जाँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाईकल र महेन्द्रनगरतर्फ आईरहेको से १ ख १३२४ नम्बरको मिनि ट्रक आपसमा ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) अमर थापाकाअनुसार मोटरसाईकलमा भण्डारीसँगै सवार करन ठगुन्ना पनि घाइते भएका छन् । उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने मिनि ट्रकका चालक फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
संसदीय समिति नबनी सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने कांग्रेसको घोषणा
-
सभामुख अघि बढ्न खोजेपछि कांग्रेसले भन्यो– संसद्मा गलत अभ्यास नगरौं
-
गगन थापाले भने– संसद्ले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाओस्
-
बैठकको सुरुवातमै कांग्रेसको अवरोध
-
निर्धारित समयभन्दा २ घण्टा ढिलागरी प्रतिनिधिसभा बैठक सुरु