मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
संसद बैठक

सभामुख अघि बढ्न खोजेपछि कांग्रेसले भन्यो– संसद्‌मा गलत अभ्यास नगरौं

शुक्रबार, २८ वैशाख २०८१, १६ : २३
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । बजेट अधिवेशनको सुरुवातमै नेपाली कांग्रेसले उठेर अवरोध गरेको छ।  सभामुख देवराज घिमिरले संसद वैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरुलाई सदनको कारबाही अघि बढाउन आग्रह गरेका थिए ।

आग्रह लगत्तै सभामुखले राष्ट्रपति कार्यालय लगायत निकायवाट महत्वपूर्ण पत्रहरु आएको भन्दै सदन सुचारु गर्न आग्रह गरे । तर नेपाली कांग्रेसका सांसदहरु उभिएर अवरोध गरेपछि सभामुख अघि बढ्न खोजे । सभामुखले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्न थालेपछि नेपाली काग्रेसका प्रमुख सचेतक रमेश लेखेकले सभामुखलाई रोकेका थिए ।

उनले संसद्‌मा गलत अभ्यास हुन्छ प्रतिपक्ष उभिएको समयमा अघि नबढ्न आग्रह गरे । लगत्तै सभामुख घिमिरले काग्रेसका तर्फबाट गगनकुमार थापालाई समय उपलब्ध गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप