सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बिहेको १२ दिनमा बेहुली पुरुष भएको खुलासा भएपछि.....

बिहीबार, २७ वैशाख २०८१, १८ : ००
बिहीबार, २७ वैशाख २०८१

जर्कार्ता । इन्डोनेसियामा एक पुरुषका बेहुली महिला नभएर पुरुष रहेको बिहेको १२ दिनपछि खुलासा भएको छ । यो घटना यही हप्ताको सुरुको हो । जेके नाम गरेका ती २६ वर्षीय पुरुषले अनौठो घटनाको उजुरी दिन प्रहरीलाई फोन गरे । 

आफूले १२ दिन अघि बिहे गरेर भित्र्याएकी बेहुली युवतीको भेषमा पुरुष भएको उनको भनाइ थियो । एकेले आफ्नो बेहुलीलाई इन्टरनेटमा भेटेका थिए । .दुबैलाई एक अर्का मन परेपछि उनीहरूले प्रत्यक्ष भेटघाट गर्ने निर्णय गरे । पहिलो पटक देख्दैमा युवक ती युवतीको प्रेममा परे ।

दुई चार पटक भेटेपछि बिहेका लागि प्रस्ताव नै गरे । आफ्नो मंगेतरको केही बानी शङ्कास्पद भए पनि उनी महिलाको भेषमा पुरुष भएको कल्पनै गरेका थिएनन् । युवती बनेकाले आफ्नो नाम अदिन्दा कान्जा अजाहरा बताएका थिए। 

प्रेमिकाले आफ्नो मुहार सधैँ हिजाब वा बुर्काले ढाकिरहने भएकाले युवकले खासै चासो दिएका थिएनन् । अलि लजाउने बानी रहेछ भनेर खासै सोधखोज पनि गरेनन् । उनले बिहेको प्रस्ताव राखे । अदिन्दाले बिहे गर्न त मानेपनि आफ्नो आमाको मृत्यु भएको र पिता नभएको भन्दै बिहे दर्ता गर्न नमानेको समाचारमा उल्लेख छ । धर्म गुरुको उपस्थितिमा दुईले वालगुजाया गाउँस्थित एकेको घरमा बिहे गरे ।

बिहेपछि पनि बेहुलीले आफ्नो अनुहार श्रीमानलाई नदेखाएको बताइएको छ । न त गाउँमा बेहुलाको घर परिवार र साथीभाईसँग घूलमिल भएको पाइयो । एकेले बेहुलीको चालचलनबारे गुनासो गर्न थालेपछि उनको  परिवारले नयाँ दुलहीको चियो चर्चा शुरु गरे । यस क्रममा दुलही युवति नभएर युवक भएको खुलासा भयो । बेहुलीले आफ्नो पिता छैनन् भने पनि उनी गाउँमै भेटिए । उनैले अदिना महिला नभएर पुरुष भएको खुलासा गरेका थिए । 

एकेको परिवारले बेहुलीको वास्तविकता बताएपछि उनीहरूले प्रहरीलाई सूचित गरिदिए । बेहुलाको पैसा कुम्ल्याउन अदिना बनेर युवकले बिहे गरेको प्रहरीले बताएको छ । मेक अप लगाउँदा अदिना केटा हो कि केटी भनेर छुट्याउनै नसक्ने अनुहार भएकोले पनि एके सहजै झुक्किएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप