दाङमा खोलाले गाडी बगायो
सोमबार, २९ भदौ २०७७, १२ : २८
दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुर खोलाले आज ब्रोइलर कुखुराका चल्ला बोकेको गाडी बगाउँदा तीन लाख मूल्य बराबरको क्षति पुगेको छ ।
चितवनबाट आएको ना ४ ख १४४६ नम्बरको गाडीसहित ७०० कुुखुराका चल्ला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चालक र सहचालकलाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । खोलामा पुल नहुँदा अहिले पनि सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
त्यस्तै आइतबार रातिदेखि परेको लगातारको वर्षाले दाङका दुई घरमा क्षति पु¥याएको छ । घोराही उपमहानगरपालिका–१० खैराका दुई घरमा बाढी पस्दा मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडामा क्षति पगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण