गुल्मीबाटै कोरोना परीक्षण सुरु : परराष्ट्रमन्त्रीद्वारा उद्घाटन
गुल्मी । विहीवारदेखि गुल्मीमा पिसिआर मेशिनबाट स्वाब परीक्षण सुरु गरिएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सदरमुकाम तम्घासमा मेशिन उद्घाटन गरेका थिए । मन्त्री ज्ञवालीले ल्याएर आएको पिसिआर मेशिनले आज स्वाबको सफल परीक्षण गरिएको जिल्ला अस्पतालका सुपरिटेण्डेन डाक्टर उत्तम पाच्याले जानकारी दिए ।
मन्त्री ज्ञवालीले कोरोना भाईरसको संक्रमणको अन्त्यपछि जिल्ला अस्पतालका लागि उक्त मेशिन महत्वपुर्ण सम्पत्ति भएको र अन्य विमारको परीक्षणलाई पनि काम दिने बताए ।
यसअघि साउन ३ गते मन्त्री ज्ञवालीले ल्याएर आएको पिसिआर मेशिनको प्राविधिक पक्षमा विज्ञ जनशक्ति नभएका कारण काठमाडौं पठाईएको थियो । मन्त्री ज्ञवालीले ल्याएको उक्त मेशिन कसैले बिग्रेको त कसैले नक्कली ल्याएको आरोप लगाएका थिए ।
यसबारे मन्त्री ज्ञवालीले भने, ‘त्यस्ता नकारात्मक हल्ला फैलाउनेहरुलाई मेरो भन्नु केही छैन । तर यति भन्न चाहन्छु कि लेख्नु भन्दा पहिला राम्रोसँग बुझी दिनुहोला । शब्दको निकै ठुलो महत्व छ । राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ । सकरात्मक कुरालाई पनि नकरात्मक भन्नु राम्रो होइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण