संसारभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो
एजेन्सी । संसारभर कोरोना संक्रमितहरुको संख्या ३ करोड नाघेको छ । वल्ड्रोमिटरका अनुसार कोरोना संक्रमितहरुको संख्या अहिलेसम्म ३ करोड २ लाख १९ हजार ६ सय ९० पुगेको छ । त्यस्तै संसारभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ४८ हजार १ सय ५३ जना पुगेका छन् । बिहीबार मात्रै विश्वमा ३ हजार ४ सय ३८ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा ११ सय १० जनाको आजै मृत्यु भएको छ ।
अहिलेसम्मको सबैभन्दा बढी संक्रमित संख्या अमेरिकामा रहेको छ । अमेरिकामा ६८ लाख ४४ हजार १ सय ४९ जना संक्रमित पुगेका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या २ लाख १ हजार ६ सय ९९ सय पुगेको छ । आजमात्रै अमेरिकामा ३ सय ५१ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै दोश्रो सबैभन्दा बढी महामारीको चपेटामा परेको भारतमा अहिलेसम्म ५२ लाख ५ हजार ७ सय ६० जना संक्रमित देखिएका छन् भने बिहीबार त्यहाँ ८९ हजार ८ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
भारतमा अहिलेसम्म संक्रमणका कारण ८४ हजार ३ सय ४० जनाको मृत्यु भैसकेको छ । तेश्रो सबैभन्दा बढी संक्रमित मुलुक ब्राजिल हो । ब्राजिलमा अहिलेसम्म ४४ लाख ३० हजार २ सय २७ जना संक्रमित देखिएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ३ सय ६३ जना पुगेको छ । त्यसपछि रसिया, पेरु, कोलम्बिया, मेक्सिको लगायतका मुलुकहरु बढी प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण