अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुन्छः राष्ट्रपति ट्रम्प
एजेन्सी । स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने उनले बताए ।
राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था फक्स न्यूजसँग भने, “मैले शुक्रबार वा शनिबार मनोनयनको घोषणा गर्नेछु र त्यसपछि काम सुरु हुन्छ तर आशा गरौँ यो धेरै का हुने छैन ।” आफूले स्मृति कार्य सकिँदासम्म प्रतिक्षा गर्न चाहेको पनि उनले बताए ।
रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले राष्ट्रपति पदको निर्वाचन नभएसम्म अर्थात् नोभेम्बर ३ सम्म उम्मेद्वारलाई मतदान गर्न पर्खनुपर्ने तर्कलाई अस्वीकार रिपब्लिकन पार्टीको तर्फबाट आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका राष्ट्रपति ट्रम्पले गरे । “अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्छ । त्यसका लागि हामीसँग प्रशस्त समय छ,” ट्रम्पले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण