बझाङमा १२ वर्षीया बालिका मृत भेटिइन्
बझाङ । जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् । गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नाङ्गो अवस्थामा र शरीरमा नीलडामका चोटसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिजुली कामीकी १२ वर्षीया छोरीको शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय भातेखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक रुपक खड्काको टोली घटनास्थल पुगेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् ।
प्रहरी उपरीक्षक खड्काले घटना हेर्दा रहस्यमय भएको बताए । उनका अनुसार सोही गाउँका १६ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने तयारी गरिएको उनले बताए । बालिकाले कानमा लगाएको सुन लुछिएको र शरीरभरि नीलडाम हुँदा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण