दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र
काठमाडौँ – लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ ।
विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ तर विगतमा जस्तो नभए पनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उनको दाबी छ ।
दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ । आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने वरिष्ठ उपाध्यक्ष स्वाँरले जानकारी दिए ।
उनले भने, “चाडबाड मुखमा आएको छ । असोज १५ देखि पूर्ण सिट क्षमतामा चाउनुको विकल्प छैन । त्यसो नगरिए यात्रुले टिकट पाउने सम्भावना निकै कम हुन्छ । आधा सिट मान्छे हालेपछि आधा मान्छे त काठमाडौँमा रहन्छन्, गाडीको सङ्ख्या त थपिएको छैन । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण