अचम्म, पैसा तिरेर शवले सेक्स गरिरहेको हेर्ने मौका !
लस एन्जलस – जर्मनीका एक विवादित वैज्ञानिकले एउटा यस्तो पहल गरेको छ जसमार्फत् तपाईं मृत्यु भइसकेका मानिसहरुले सेक्स गरिरहेको हेर्न सक्नुहुन्छ । अहिलेसम्म ह्यूमन एनेटमी (शारिरिक रचना) लाई हेर्ने मौका मेडिकलका विद्यार्थी वा चिकित्सकले मात्र पाउने गर्दथे तर लस एन्जलसको क्यालिफोर्निया साइन्स सेन्टरमा कोही पनि वयस्कले १९.९५ डलर खर्च गरेर यो अनुभव प्राप्त गर्नसक्छन् ।
डेली बिस्टमा छापिएको खबर अनुसार ‘बडी वर्ल्डः पल्स’ नामक संसारको सबैभन्दा ठूलो प्रदर्शनीमा शवलाई जीवन्त पोजमा राखिएको छ । यो प्रदर्शनीमा शरिरका करिब २ सय अंग, छाला नभएका पूरा शरिर र पारदर्शी अंग सुरक्षित राखिएको छ जसलाई प्लास्टिनेटेड गरेर सुरक्षित बनाइएको छ ।
जति पनि ठाउँमा यो प्रदर्शनीको आयोजना गरिँदै छ, मृत शरिर मोटो रकम कमाउने माध्यम बनेको छ । लस एन्जलस बिजनेस जर्नल भन्छ, ‘एक्सपोजिसन पार्क म्यूजियममा आयोजित यूएस प्रिमियर अफ बडी वर्ल्डलाई हेर्नका लागि १० लाखभन्दा बढि मानिस पुगेका थिए ।’ यति दर्शकसहितको यो विशेष प्रदर्शनी सबैभन्दा धेरैले अवलोकन गरेको प्रदर्शनी बनेको छ ।
क्यालिफोर्निया साइन्स सेन्टर फाउन्डेशनका चीफ कम्युनिकेशन अफिसर शेल अमेगाले डेली बिस्टलाई भने, ‘मे महिनामा सुरु भएको यो प्रदर्शनीमा मानिसहरुको संख्या त्यति नै थियो जति पछिल्ला वर्षमा हुने गर्दथ्यो ।’ यद्यपी, उनले कति टिकट बिके वा कतिले अवलोकन गरे भन्ने विषयमा केही जानकारी दिएनन् । उनले यो जानकारीलाई नीजि बताएका छन् । अमेगाले शवलाई प्लास्टिनेशन गर्ने संस्था वान हेगन्स इन्स्टिच्युटसँगको सम्झौताका कारण यो जानकारी गोप्य राखिएको जानकारी दिए ।
७२ वर्षीय वान हेगन्स पार्किन्सन्स रोगसँग जुधिरहेका छन् । उनलाई साम्यवाद र समाजवादमाथि प्रश्न उठाएको विषयमा सन् १९६९ मा पक्राउ गरिएको थियो । दुई वर्ष जेलमा काटेपछि उनी जर्मनी गए । सन् १९७५ मा हेगन्सले मानव शरिरको संरचनाको नमूनालाई सुरक्षित राख्नका लागि प्रविधीको विकास गरे । सन् १९९३ मा उनले प्लास्टिनेशनका लागि इन्स्टिच्यूटको स्थापना गरे र सन् १९९५ मा आफ्नो यो कामलाई व्यापारिकरण गर्न सुरु गरे । उनकी श्रीमतीले प्रदर्शनको डिजाइन गर्न थालिन् जसमार्फत् यो जोडीले आफ्नो उक्त खोजलाई व्यापारमा परिणत गर्न थाले । यी प्रदर्शनीका कारण हेगनले चौतर्फी आलोचना पनि भोग्नु पर्यो । हेगन्सले लण्डनको थिएटर र टेलिभिजनमा शवको प्रत्यक्ष पोस्टमार्टम गरे जसका कारण उनलाई डाक्टर डेथजस्ता उपनामले बोलाउन सुरु गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण