प्रदेश ५ मन्त्रिपरिषद् बैठकः यस्ता छन् तीन निर्णय
शुक्रबार, १६ असोज २०७७, १४ : ०७
बुटवल । प्रदेश ५ मन्त्रिपरिषद्को आज बसेको बैठकले तीनवटा निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा बर्दिया जिल्ला गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने लगायतका ३ निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाकारी दिएका छन् ।
त्यस्तै बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप १० करोड निकासा दिने भएको छ । यस अघि १० करोड रुपैंयाँ राखेर कोष स्थापना गरिएको थियो । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ । गत वर्षदेखि नै कामकाज गर्दै आइरहेकाहरुको यसवर्ष पनि दरबन्दी स्वीकृत गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण