शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपत्यकाका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री

सोमबार, १९ असोज २०७७, ०६ : ३२
सोमबार, १९ असोज २०७७

काठमाडौं – कोरोना भाइरसको बढ्दो संक्रमणको मौका छोपी बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री पठाउने गिरोह नै सक्रिय भएको खुलेको छ । बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्रीमा पुनः नयाँ म्याद राखेर बजारमा पठाइने गरेको पाइएको हो ।

प्रहरीले आइतबार मात्रै करिब १४ सय प्रकारका त्यस्ता खाद्य सामग्री भेटिएको जनाएको छ । गिरोहले त्यस्ता सामग्री बजारबाट उठाएर महामारीको मौका छोपी नयाँ उत्पादन मिति र गुज्रने म्यादको मिति राखेर लेभलिङ गरी बजारमा पठाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले आइतबार कलंकी क्षेत्रमा सिल गरेको एक घरको गोदाममा राखिएको १४ सय प्रकारका सामग्रीमध्ये १ सय ४१ प्रकारका सामग्रीको पहिचान गरेको हो । अन्य सामग्री भने पहिचान हुँदै छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप