लकडाउनका कारण ६ महिनामै विद्यार्थीको सिकाइस्तर खस्कियो

काठमाडौं । कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब ६ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालीकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७, डाँडागाँउका सन्तोष नेपाली श्री पन्चकन्या आधारभूत विद्यालयको ६ कक्षाको प्रथम विद्यार्थी हुन् । कक्षा पाँचबाट प्रथम भएर ६ मा गएका सन्तोष ६ महिनापछि मात्रै कक्षा ६ को पढाइ गर्न विद्यालय आउन पाँउदा खुसी छन् । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय बिताएका नेपाली आफुलाई पढ्नुपर्छ भन्ने चाँही लागेको बताउँछन् । तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाँही नभएको उनको अनुभव छ । सन्तोष कोरोनाको त्रासको बीचमा विद्यालय आउनुपर्दा माक्स लगाएर आउने गर्छन् । घरबाट निस्कने बेला स्यानीटाइजार लगाएर आउने गरेका उनी विद्यालयमा भने पटक–पटक साबुनपानीले हात पनि धुने गर्छन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्चालन भएर पढ्न पाउँदा आफु खुसी भएको उनको भनाई छ ।
सोही ठाउँका सुस्मिता भण्डारी पनि कक्षा ६ मा नै पढ्छिन् । कोरोना महामारीकै बीचमा विद्यालय सञ्चालन हुँदा आफु सचेत र सुरक्षित भएर विद्यालय आउने गरेको उनले बताइन् । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकोले दुःखी भएपनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । कोरोना संक्रमणबाट जोगिन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्ने गरेको र आइहालेमा दुरी कायम गरेर मात्रै बस्ने गरेको उनको भनाई छ । पटक पटक साबुन पानीले हात धुने गरेकी सुस्मिता पनि घरमा बस्दा पढाइलाई खासै समय दिन नसकेको स्विकार्दै विद्यालय खुल्दा खुसी लागेको बताउँछिन् ।
सुस्मिताकी आमा लक्ष्मी भण्डारी पनि विद्यालय खुलेकोमा आफु धेरै खुसी भएको बताउँछिन् । आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उनको भनाई छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकोमा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिक स्तर सुधार हुने उनको अपेक्षा छ ।
पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर भने खस्किएको पाएको बताए । कोरोना महामारीबाट बच्न सबैजसो स्वास्थ्य मापदण्ड पुरा गरेर कक्षा सञ्चालन गरे पनि सबै विद्यार्थीले सो मापदण्ड पुरा गर्न नसकेको उनको भनाई छ । ६ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिकस्तर धेरै खस्किएको पाएको उनले बताए ।
अझैै पनि देशभरका शैक्षिक संस्था बन्द रहेका छन् । कतिपय विद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरिरहेका छन् । सरकारले वैकल्पिक माध्यमका पढाइ सञ्चालन गर्न भनेपनि खासै प्रभावकारी बन्न नसकेको जानकारहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत
-
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री
-
भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते