बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवार सर्टलिस्ट

बिहीबार, ०७ साउन २०८३, १३ : १३
बिहीबार, ०७ साउन २०८३

सारांश

  • पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदका लागि १४ जनाको सर्टलिस्ट सार्वजनिक गरेको छ ।
  • मन्त्रालयको छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान सूचना बमोजिम रीतपूर्वक आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कन गरी संक्षिप्त सूची तयार पारेको हो ।
  • सार्वजनिक गरिएको सूची वर्णानुक्रम अनुसार रहेको छ ।

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।

मन्त्रालयको ‘नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिस समिति’ले सूचना जारी गर्दै यससम्बन्धी जानकारी दिएको हो ।

मन्त्रालयले गत २०८३ जेठ १ गते प्रकाशन गरेको दरखास्त आह्वान सम्बन्धी सूचना बमोजिम रीतपूर्वक आवेदन दिएका उम्मेदवारहरूमध्ये स्वीकृत कार्यविधि अनुसार मूल्याङ्कन गरी वर्णानुक्रम अनुसार उम्मेदवारहरूको संक्षिप्त सूची तयार गरिएको जनाएको छ ।

DOC133_aouidne

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप