नेचा सल्यान वडा नं ६ जनप्रतिनिधिविहीन हुने
सल्लेरी -साबिक तिङ्ला गाविस हाल नेचा सल्यान गाउँपालिका वष नं ६ जनप्रतिनिधिविहीन बन्ने भएको छ । आइतबार मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका उम्मेदवार टङ्क कार्कीको वारेसनामाबाट उम्मेदवारी दर्ता भएपनि अयोग्य ठहरेपछि उम्मेदवारी रद्द भएको छ ।
यस्तै, सोही वडाबाट दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएका ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त वडा जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।
तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए तर नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराउन गएका टङ्क कार्कीलाई बाटैबाट तिङ्लावासीले नियन्त्रणमा लिएर दर्ता गराउन जान रोकेको भएपनि वारेसनामाबाट उम्मेदवारी दर्ता गरिएको थियो ।
तर कार्कीको उम्मेदवारी रद्द भएपछि अन्य स्वतन्त्रबाट मनोनयन दर्ता गरेकाले पनि आन्दोलनलाई सहयोग गर्ने भन्दै फिर्ता लिएका छन् । आफूहरुको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राख्दै आएका तिङ्लावासीले निर्वाचनको अन्तिम घडीमा पनि अडान कायम राखेका छन् । निर्वाचनमा भाग नलिने यो सम्भवत नेपालमै पहिलो वडा हो । रा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण