सेयर बजारमा ११.३४ अंकको गिरावट, २ अर्ब ९० करोड बढीको कारोबार
काठमाडौं । नेप्से सूचक बिहीबार ११.३४ अंकले घटेर १५८९.६३ विन्दुमा अडिएको छ ।१ सय ९३ कम्पनीको २ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको हो । सबैभन्दा धेरै मल्टिप्रपोज फाइनान्सको भाउ १० प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्सको भाउमा पनि सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै सिनर्जी पावरको भाउ ७.०८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै अरुण काबेलीको १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिहीबार बजार सूचक केही दबाबमा परेको देखिन्छ । यसअघि बढेका अधिकांश सेयरहरुको मूल्यमा करेक्सन आएको छ । वाणिज्य बैंक समूह पनि दबाबमै परेको देखिन्छ । सबैभन्दा धेरै निर्जीवन समूह ७४.३१ अंकले घटेको छ । पछिल्लो समय उछाल आएको जलविद्युत कम्पनीमा साताको अन्तिम कारोबार (बिहिबार)मा भने ४४.५७ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण