बलिउड स्टारहरु दिल्ली उच्च अदालतमा, पत्रकार अर्नब गोस्वामी लगायत निशानामा

एजेन्सी । बलिउडका ३८ फिल्म कम्पनीहरुले फिल्म उद्योगको छबि बिगारिएको भन्दै समाचार च्यानलहरुविरुद्ध मुद्दा दायर गरेका छन् । सोमबार ती कम्पनीले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । ती कम्पनीले केही मिडिया हाउस र टिभी पत्रकारहरुलाई बलिउडका विषयमा गैरजिम्मेवार, अपमानजनक र निन्दनीय मिडिया ट्रायले रोक्न समेत अपिल गरेका छन् ।
मुद्दा दायर गर्नेहरुमा बलिउड अभिनेता शाहरुख खान, आमिर खान, अजय देवगन लगायतका ठुला प्रोडक्सन हाउसहरु रहेका छन् । पछिल्ला ४ महिनायता थुप्रै मिडिया र पत्रकारहरुले बलिउड अभिनेता र सो क्षेत्रका विषयमा थुप्रै आरोप लगाइएको ती कम्पनीको आरोप छ । खासगरी ड्रग्स केसको अनुसन्धानका क्रममा धेरै बलिउड सेलीब्रेटीहरुलाई यसमा जोडिएको थियो ।
दिल्ली उच्च अदालतमा दायर गरिएको सिविल सुटमा रिपब्लिक टिभी र टाइम्स नाउलाई सामेल गराइएको छ । रिटमा रिपब्लिक टिभीका अर्नब गोस्वामी र अन्य पत्रकारहरु प्रदिप भण्डारी, राहुल शिवशंकर र नविका कुमारलाई विपक्षी बनाइएको छ ।
दायर गरिएको मुद्दामा समाचार च्यानलहरुमा प्रसारण गरिएका अपमानजनक सामाग्री तत्काल हटाउन माग गरिएको छ । कम्पनीहरुले यी टेलिभिजन च्यानल र पत्रकारहरुले बलिउडका विरुद्धमा निकै अश्लील भाषा प्रयोग गरिएको आरोप लगाएका छन् । यो बहसमा बलिउडका ३४ ठुला प्रोडक्सन हाउस र ४ वटा फिल्म संगठनहरु सहभागी छन् । बलिउड फिल्म निर्माता विवेक अग्निहोत्रीले यी सबै नामहरुको सूची सार्वजनिक गरेका छन् ।
भारतीय रिपब्लिक टिभीका अर्नब गोस्वामी यसअघि पनि विभिन्न घटनाहरुमा मुछिएका विवादास्पद मिडियाकर्मी हुन् । उनी लगायत थुप्रै पत्रकारहरुले भ्रामक सामाग्री प्रसारण गरेको आरोप लगाउँदै बलिउड प्रोडक्सन हाउसहरुले न्यायका लागि अदालतको सहरा लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने