आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बजारमा चहलपहल देखिएपनि व्यापार छैन

शुक्रबार, ३० असोज २०७७, १३ : ५०
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महाबौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ । कोभिड १९ संक्रमणको जोखिम भएपनि मानिसहरु आवश्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् । जसका कारण मुख्य-मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ ।

बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । न्यूरोड मखनटोलस्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताए । कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उनले गरे । अहिले व्यवसाय खुल्ला भएपनि तीन÷चार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उनले बताए । दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताए ।

कोभिड संक्रमणको जोखिमका कारण भींडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ । यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिदैन । त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप