विमलेन्द्रलाई गोपालमानको काउन्टर
फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय गरिउको नेपाली काँग्रेसको १४ ओँ महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका आकांक्षी भने एकपछि अर्को गर्दै थपिन थालेका छन् । मध्य साउनसम्म संस्थापन समूहबाट शेरबहादुर देउवामात्र सभापतिको एकल उम्मेदवार देखिएका थिए । उनी निकट अन्य कुनै नेताले नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिएनन् ।
तर, उपसभापति विमलेन्द्र निधिले साउन २९ गते देउवालाई भेटर १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न मन बनाएको बताएसँगै संस्थापन समूहबाटै अर्का नेता गोपालमान श्रेष्ठले पनि दाबी प्रस्तुत गरेका छन् । निधिलाई उपसभापतिमा मनोनयन गरेपछि देउवासँग असन्तुष्ट देखिएका श्रेष्ठले नेतृत्व छाड्ने भए सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
देउवा र पौडेलपछि पार्टीमा आफू नै वरिष्ट नेता भएको जिकिर गर्दै आएका श्रेष्ठले सभापति देउवालाई जुनसुकै अप्ठेरो समयमा साथ दिएको तर्क गर्दै अब आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
कार्यवाहक सभापति, उपसभापतिसहितका जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले सभापति बन्ने आकांक्षा राख्नुलाई अस्वभाविक मान्न नहुने देउवा निकट एक नेताले बताए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण