‘कमरेडहरू’लाई केपी ओलीका खसोखास कुरा – ‘दक्षिणले अब दुःख दिँदैन’
‘तिनीहरूलाई राम्रैसँग सम्झाएर पठाएको छु, शायद अब भारतले हामीलाई दुःख दिँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘र का प्रमुख सामन्तकुमार गोयललाई मध्यराति सरकारी आवास बालुवाटारमा भेटेर बिदा गरेपछि आफ्ना निकटस्थहरूलाई त्यसको उपलब्धीबारे यसरी आश्वस्त तुल्याएका हुन् ।
कात्तिक ५, अर्थात् अक्टोबर २१ तारिखमा गोयल काठमाडौँ ओर्लनासाथ आराम गर्न होटल पुगे । दिनभरि यताउता बिताए । राति ९ बजेपछि बालुवाटारमा प्रधानमन्त्रीसँग एक घण्टा पाँच मीनेट एक्लाएक्लै वार्ता गरे । त्यसपछिको भेटमा चाहिँ भारतको विदेश मन्त्रालयमा नेपाल. भूटान मामिला हेर्ने नर्थइष्ट डेस्क भनेझैँ ‘र’को तर्फबाट नेपाल मामिला हेर्ने दोस्रो हैसियतका तोमर र ‘र’ प्रमुखको सचिवालय प्रमुख अरुण जैनहरू सहभागी थिए ।
अरुण भूकम्पताका नेपालमा विवेक जोहरीपछि दोस्रो वरियतामा कार्यरत थिए । यी तीनजना बसेर भएको वार्ताको टिपोटचाहिँ नेपालको तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले गरेका छन् । यो भेटघाटमा नेपालस्थित ‘र’का स्टेशन म्यानेजर अभिजित हल्दरलाई भने सामेल गरिएको थिएन । बरु, बालुवाटारबाट निस्किएपछि सामन्तले भेटे, उनकै बालुवाटारस्थित निवास पुगेर ।
भारतले यसअघि पनि ‘र’ प्रमुखसहितका जासुसहरूलाई नेपाल पठाउने गरेको थियो । अध्यागमन मामिलासहित हेर्नेगरी ‘र’का मानिस दुतावासमै तैनाथ छन् । यसरी सुक्ष्म तवरबाट भारतले नेपाल मामिला हेर्ने पुरानै क्रम हो । तर, नेपालको तर्फबाट खुल्लमखुला ठूलो होहल्लासहित, सार्वजनिक सूचना जारी गरेरै भ्रमण भएकोचाहिँ यो पहिलोचोटि हो । प्रधानमन्त्री ओली चीनतिर ढल्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाए पनि यो भ्रमणबारे आफूले केही नबोली नेपालकै तर्फबाट सार्वजनिक गर्न लगाएर भारतले विशेष महत्त्वको छ भन्न देखाउन चाहेको प्रष्टै छ । नेपालकै चाहनामा यो भ्रमण भएको स्रोतको दावी छ । र, भारतको जुनसुकै तहका मानिससँग पनि हाम्रा प्रधानमन्त्री सहजै भेट्न तयार भएको सन्देश पनि यो भ्रमणबाट दिइएको बताइन्छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण