बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मुसिकोट नगरपालिकाले व्यवसायका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म कर्जा दिने

बिहीबार, २० कात्तिक २०७७, १२ : ४१
बिहीबार, २० कात्तिक २०७७

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कुनै व्यापार–व्यवसाय गरेर उद्यमी बन्ने चाहने नगरवासीलाई प्रतिब्यक्ति १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।
नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सहुलियतपूर्ण कर्जा सम्वन्धी सम्झौता गरेको छ । मेयर सोमनाथ सापकोटाले नगरपालिकाभित्रै स्वरोजगार सिर्जना गरी बेरोजगार र पछाडि परेको वर्ग समुदायलाई आर्थिक रुपले माथि उकास्न नेपाल बैंक लिमिटेडसँग यस्तो सम्झौता गरिएको बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि उक्त बैंकसँग २० करोड रुपैयाँ सहुलियतपूर्ण  कर्जाको सम्झौता गरेको छ । सम्झौता अनुसार नगरपालिकाले ब्याज सहुलियतका लागि केही रकम बैंकमा धरौटी राख्नेछ ।
नगरपालिकाका अनुसार बैंकले नगरपालिकाको सिफारिसमा उद्यम गर्न चाहनेलाई सहुलियत ब्याजदर वा निःशुल्क ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाइएको छ ।  चल–अचल सम्पत्ति धितो भए पहिलो प्राथामिकता र नभएमा विना धितो नगरपालिकाले कर्जा प्रवाहको सिफारिस पनि गर्न सक्नेछ ।

सम्झौता पत्रमा नगरपालिकाको तर्फवाट मेयर सोमनाथ सापकोटा र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पाले हस्ताक्षर गरेका छन् । बैंकले उद्यम गर्न चाहेको प्रकृति अनुसार प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सक्ने र उद्यमीका लागि दिइने कर्जामा सेवाशुल्क नलाग्ने नेपाल बैंक लिमिटेड वामीटक्सार शाखाका प्रमुख राजु अर्यालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप