सवारी ज्यान मुद्दाका अभियुक्त पक्राउ
बिहीबार, २० कात्तिक २०७७, १३ : ३२
काठमाडौँ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोरोही उपमहानगरपालिका–१७ बस्ने २१ वर्षीय कालिसराम चौधरी रहेका छन् ।
जिल्ला अदालत दाङ देउखुरीले २०७६ पुस २१ गते चौधरीविरुद्ध सवार ज्यान मुद्दामा १ महिना ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
अदालतको फैसलालगत्तै फरार रहेका चौधरीको खोजी गर्ने क्रममा घोरही–१७ क्वाडीमा लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको दाङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुमत खड्काले जानकारी दिए ।
चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालत दउखुरीमा पेश गरिएको प्रवक्ता खड्काले बताए ।
साथै, अपराधिक क्रियाकलापमा संलगन व्यक्तिहरु लुकिछिपी बसेको थाहा पाए नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत दाङ प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण