बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कर्मचारीमा कोराना संक्रमण भएपछि सैनामैना नगरपालिकाको सेवा बन्द

बिहीबार, २० कात्तिक २०७७, १९ : ३३
बिहीबार, २० कात्तिक २०७७

बुटवल । कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका सेवा बन्द गर्ने क्रम जारी छ । यसैक्रममा रुपन्देहीको सैनामैना नगरपालिका र दाडको दंगीशरण गाउँपालिकाको सेवा बन्द गरिएको छ । रुपन्देहीको सैनामैना नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको हो ।

नगरपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्रयाक्ट टे«सिङमा परेपछि सेवा प्रवाह र कार्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताए । अर्यालका अनुसार कार्तिक २१ गते शुक्रबारदेखि २४ गते सम्म सेवा बन्द गरिएको हो । 

संक्रमणको दर अझै बढ्ने सम्भावना भएकोले संक्रमणको न्यूनिकरण गर्न कार्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । यो अवधिमा अत्यावश्यक स्वास्थ्य र सरसफाई बाहेकका सम्पूर्ण कामहरु बन्द रहने छन् । नगरपालिका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीका अनुसार सैनामैनामा अहिले सम्म ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ७९ जना निको भएका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।

यता, दाङको दंगीशरण गाउँपालिका कार्यालय एक साता सम्मको लागि बन्द हुने भएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक २१ गते शुक्रबारदेखि आगामी कात्तिक २७ गते बिहिवारसम्म कार्यालय बन्द हुने भएको हो । गाउँपालिका उपाध्यक्ष पिमाकुमारी वलीले बिहिवार एक सूचना जारी गर्दै कार्यालय र मातहतका शाखा कार्यालयबाट अति आवश्यक बाहेक अन्य सवै सेवा बन्द गरिएको जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप