बेपत्ताको पहिचानका लागि अनुसन्धानमा सहयोग गर्न अनुरोध
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित र सरोकारवालासँग सशस्त्र द्वन्दका क्रममा बेपत्ता पारिएका व्यक्तिको पहिचानका लागि अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।
आज यहाँ आयोजित कार्यक्रममा आयोगका आयुक्त डा गंगाधर अधिकारीले आयोगले बेपत्ता पारिएका व्यक्तिको पहिचान र पीडितका परिवारले भोगिरहेको समस्या सम्वोधनका लागि निरन्तर काम गरिरहेको बताए ।
उनले अनुसन्धानलाई अन्तिम रुप दिन पीडित परिवार, स्थानीय तह, सरकार र अन्य सबै सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको बताए ।
आयोगका सदस्य डा. अधिकारीले आयोगमा देश भरीबाट तीन हजार दुई सय २३ उजुरी परेकामा बर्दियाबाट दुई सय ८८ उजुरी परेको जानकारी दिँदै तीमध्ये दुई सय ५५ उजुरीमा अनुसन्धान प्रक्रिया धेरै अघि बढिसकेको बताए ।
अनुसन्धान अगाडि बढेका उजुरीका पीडित परिवारलाई पीडित, स्थानिय तह र अन्य सरोकारवालाको सहयोगमा अन्तिम रुप दिई परिचय पत्र वितरणको तयारी भइरहेको पनि आयुक्त डा. अधिकारीले जानकारी दिए । बाँकी रहेका अनुसन्धान सकेर मङ्सिरबाटै परिचय पत्र वितरण गर्ने कार्यको शुरुवात गरिने उनको भनाइ छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सशस्त्र द्वन्दका क्रममा भएका घटनाका बारेमा कार्यसम्पादन गर्न छुट्टै कार्यालयको व्यवस्था नहुँदा प्रशासनबाट मात्रै काम गर्न समस्या रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण