बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बुटवलको कोरोना विषेश अस्पतालमा थप एक पुरुषको मृत्यु

शुक्रबार, २१ कात्तिक २०७७, १७ : २३
शुक्रबार, २१ कात्तिक २०७७

बुटवल । बुटवलको कोरोना विषेश असपतालमा थप एक पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका वाड नं. १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलका आज मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा.बिष्णु गौतमले रातोपाटीलाई बताए ।

कार्तिक ११ गते कोरोना संक्रमण पुष्टी भएपछि १२ गते अस्पताल भर्ना भएका उनको कोरोना अस्पताल भर्ना गरिएको हो । संक्रमित पुरुष मधुमेह, उच्च रक्तचाप र पित्तथैलीको दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ । योसँगै नवलपरासी पश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ र लुम्बिनी प्रदेशमा १९१ पुगेको  प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप