अभिनेता सोनुले लिए गरिब छात्रलाई इन्जिनियर बनाउने जिम्मेवारी
मुम्बई । अभिनेता सोनु सुदको सेवाको सिलसिला लगातार जारी नै रहेको छ । उनी जहिले पनि अरुको मद्दत गर्न तयार रहने गर्दछन् । जो उनको अगाडि हात फैल्याउँछन् । उनी त्यसलाई खुसी पार्ने गर्दछन् । हालै पनि अभिनेता सोनु युपीको एक केटा सुर्यप्रकाश यादवको मद्दतका लागि अगाडि आएका छन् । उनको पढाइको जिम्म्ेवारी सोनुले उठाएका छन् । सोनुको सहयोगबाट युपी देवरियाका प्रकाश इन्जिनियर बन्नेछन् ।
सुर्यप्रकाशले सोनुलाई ट्याग गरेर लेखेका थिए, ‘सर मेरो बुबा छैनन् । आमा गाउँमा आशा वर्कर हुन् । हाम्रो आर्थिक स्थिति ठिक छैन । परिवारको वार्षिक आए ४० हजार रहेको छ । युपी बोर्डको १० कक्षाको परीक्षामा ८८ र १२ औंमा ७६ प्रतिशत मेरो अंक रहेको छ । मलाई पढ्न मन लागेको छ । प्लिज मेरो मद्दत गर्नुस् ।’
सोनुले उनको जवाफमा लखेका थिए, ‘आमालाई भन्नु तपाइको छोरा इन्जिनियर बन्दैछ ।’ सोनुको यो जवाफलाई सबैले तारिफ गरेका छन् । उनका फ्यानले सामाजिक सञ्जालमार्फत प्रेम समेत वर्षाइरहेका छन् । यस अगाडि पनि सोनुले युपीकै एक केटी प्रतिभाको उपचार गराएका थिए । सोनुको मद्दतबाट उनी बर्षै पछि आफ्नो खुट्टामा उभिन सफल भएकी थिइन् । यसको अलवा उनले लाखौं मानिसलाई विभिन्न मद्दत समेत गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण