प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ’
शनिबार, २२ कात्तिक २०७७, ०६ : ५९

काठमाडौँ – सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् ।
बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे ।
प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस् । म अहिले बैठक बोलाउँदिन ।’ बैठकको आवश्यकता नै छैन । तपाईंले आफ्नो गर्नुस्, म आफ्नो गर्छु । दाहालले प्रस्ताव राखे, ‘सचिवालयका सदस्यहरुलाई पार्टी कार्यालय धुम्बाराही बोलाएर यहाँ भएका छलफल जस्ताको त्यस्तै ब्रिफिङ गर्छु । उहाँहरुको सुझावसमेत बोकेर फेरि म भेट्न आउँछु ।’
प्रत्युत्तरमा ओलीले भने, ‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन