नेकपा विवाद महासचिवको छुट्टै दौडधुप
नेकपाका अध्यक्षद्वयबीच असमझदारी चुलिँदै गर्दा महासचिव विष्णु पौडेलले भने भदौ २६ को स्थायी समिति बैठकले पारित गरेको निर्णयका आधारमा फेरि समझदारीको प्रयास गर्नुपर्ने भन्दै सक्रियता बढाएका छन्। उनले यसबारे गृहमन्त्री रामबहादुर थापासँग गृह मन्त्रालयमा झण्डै एक घण्टा छलफल गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
यसअघि प्रधानमन्त्री केपी ओलीले थापालाई मंगलबार साँझ बालुवाटार बोलाएर कित्ता स्पष्ट पार्न भनेका थिए। थापा प्रचण्ड र ओली दुवैले बोलाएको छलफलमा सहभागी हुँदै आएका थिए। उनले मंगलबार प्रधानमन्त्रीसँग पार्टी स्थायी समितिको निर्णय मानेर जान र मन्त्रिमण्डल पुनर्गठनमा पार्टीभित्र देखा परेका गुटगत समूहलाई नै छान्ने अधिकारसहित अहिले दिन आग्रह गरेका थिए।
थापालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेट गरेर एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेकी थिइन्। उनले शुक्रबार महासचिव पौडेलसँग पनि सोहीअनुसार कुरा राखेका थिए। पौडेलले पनि एकता बचाउन आफूहरूले पहलकदमी लिनुपर्ने थापासँग बताएका थिए। उनले विगतको विवाद समाधान गर्न दुई अध्यक्षले गठन गरेको कार्यदलका सदस्यहरूलाई पनि शुक्रबार टेलिफोन गरी एकपटक कार्यदलको रिपोर्टका आधारमा दुवै अध्यक्षलाई अगाडि बढ्न आग्रह गर्नुपर्ने बताएका थिए।
‘शंकरजीलाई पनि मैले भनेको छु, तपाईं हामी पनि एकपटक बसौं, दुवै अध्यक्षसँग छलफल गरौं, त्यसका लागि अध्यक्षद्वयको समय मै निर्धारण गर्छु’, महासचिवले टेलिफोनमा भनेको भनाइ उद्धृत गर्दै कार्यदलका एक सदस्यले भने, ‘कार्यदलको रिपोर्ट लागू गरौं। स्थायी समितिको निर्णय कार्यान्वयन गरेर जान दुवै अध्यक्षलाई आग्रह गरौं। पार्टी एकता बचाएर जाऔं।’
महासचिव पौडेलको त्यस्तो प्रस्तावपछि शनिबार कार्यदलका सदस्यहरूले भेट गरी एक चरण छलफल गर्ने र दुवै अध्यक्षसँग संवाद गर्ने तयारी उनीहरूले गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण