पाल्पामा करेन्ट लागेर एक बालकको मृत्यु
आइतबार, २३ कात्तिक २०७७, १२ : २०
पाल्पामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गाउँपालिका वडा नम्बर १ स्थित कचलमा स्थानीय टीका कुमारी गाहाको ९ वर्षीय छोरा सुरजको करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा उनी बिजुलीको पोलमा चढेको र सोही क्रममा करेन्ट लागि घाइते भएका थिए ।
उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण