शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी

सोमबार, २४ कात्तिक २०७७, ०६ : ४३
सोमबार, २४ कात्तिक २०७७

काठमाडौँ – सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैत यता बन्द शैक्षिक संस्थाहरु खुलाउने विषयमा छलफलसमेत थालेको छ । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको आइतबार बसेको बैठकले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारित गर्ने निर्णय गरेको हो । 

सीसीएमसी बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप