रुपन्देहीको तिलोत्तमाका १२ सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा
बुटवल । तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु भएको छ । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालयः एक नर्स’ कार्यक्रमलाई तिलोत्तमा नगरपालिकाले १२ जना स्टाफ नर्स नियुक्त गरेर अघि बढाएको हो ।
विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि सुरु गरिएको कार्यक्रमअनुसार तिलोत्तमामा पहिलो चरणमा १२ सामुदायिक विद्यालय छनौट भएका छन् । नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलीगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो । बाँकी सामुदायिक विद्यालयका लागि पनि विद्यालय नर्स नियुक्त हुने नगरपालिकाको भनाइ छ ।
विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाई र पोषणमा प्रवद्र्धन गर्दै मानसिक स्वास्थ्य र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमको अवधारणा आएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । कार्यक्रमअनुसार नर्सहरुले विद्यालयमा स्वास्थ्यसम्बन्धी प्रवद्र्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।
यस्तै, उनीहरुले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था मापदण्डअनुसार भए÷नभएको यकिन गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको व्यवस्था गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घ रोग लागेको विद्यार्थीको कार्ययोजना बनाइ स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि गर्नेछन् ।
नगर प्रमुख वासुदेव घिमिरेले कोरोना महामारीको कारण हाल विद्यालयहरु बन्द रहेकोले नियुक्त गरिएका स्टाफ नर्सलाई कोरोना महामारी नियन्त्रण तथा बिरामीहरुको उपचारमा खटाउने तयारीमा नगरपालिका लागेको बताए । केही नर्सलाई बनाउने तयारीमा रहेको शंकरनगर आइसोलेशन सेन्टरको आइसियुमा खटाइनुको साथैं केहीलाई संक्रमितहरुको घर–घरमैं पुगी उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा अपडेट रहने गरी खटाइने नगरपालिकाको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण