कोरोना भ्याक्सिनको सकारात्मक प्रभाव नेपाली शेयर बजारमा पनि देखियो
काठमाडौं । विश्व बजारको गतिसँग अक्सर ‘म्याच’ नहुने नेपाली शेयर बजारको ट्रेन्ड यसपालि उल्टिएको छ । विश्व बजारमा कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण अत्याधिक प्रभावकारी भएको खबरपछि मंगलबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक सुधार देखिएको हो । आइतबारमात्रै अमेरिका र जर्मनीको विज्ञको समूहले परीक्षण गरेको खोप ९० प्रतिशत प्रभावकारी भएको खबर सार्वजनिक भएको थियो ।
यो दिन नेप्से परिसूचक २५.९८ विन्दुले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ विन्दुमा पुगको छ । परिसूचक मात्रै नभएर कारोबार रकम समेत बढेर ४ अर्ब भन्दा माथि पुगेको छ । आज व्यापारमूलक, होटल र जीवनबीमा समूहका परिसूचकहरुमा ठूलो बृद्धि देखिएको थियो ।
बजारको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम, साल्ट ट्रेडिङ कर्पोरेसन लगायतको मूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ । १ सय ७२ कम्पनीको कारोबार हुँदा आज १ सय २ कम्पनीको मूल्य बढेको छ । २० कम्पनीको मूल्य बराबर हुँदा बाँकी ५० कम्पनीको मूल्य घटेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण