बलिउडमा सोनमको १३ वर्ष पुरा, डेब्यु फिल्मको सम्झना गर्दै भइन् भावुक
मम्बई । अभिनेत्री सोनम कपुरको बलिउड यात्रा आजबाट १३ वर्ष पुगेको छ । बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल उनले कयौं हिट फिल्म समेत दिएकी छन् । सन् २००७ अर्थात १३ वर्ष अगाडि उनले फिल्म ‘सांवरिया’बाट बलिउड डेब्यु गरेकी थिइन् । बलिउड प्रवेशको १३ वर्ष पुगेको उपलक्ष्यमा उनले तस्बिर शेयर गर्दै बलिउड यात्राको सम्झना समेत गरेकी छन् ।
फिल्म ‘सांवरिया’ संजय लिला भंसालीले निर्माण गरेका थिए । फिल्मले बक्अफिसमा खासै चमत्कार गर्न भने सकेन । यो रणबीर कपुरको पनि डेब्यु फिल्म रहेको थियो । सोनामले इस्टाग्राममा तस्बिर सार्वजनिक गर्दै लेखेकी छन् ‘१३ वर्ष पहिले मैले ‘सांवरिया’ बाट डेब्यु गरेको थिए । यस उद्योगबाट मलाई हरेक पल आर्शिवाद मिल्यो । भारतको धन्यवाद । हरेक फिल्म निर्मातालाई धन्यवाद भन्छु । जसले मलाई विश्वास गर्नुभयो । मलाई सबैभन्दा राम्रो काम गर्ने मौका मिलेको छ ।’
सोनमले सबै फिल्मको भिडियो समेत तस्बिरका साथ शेयर गरेकी छन् । जसमा फिल्मको थोरै–थोरै दृश्य समेटिएको छ । सोनम पछिल्लो समय फिल्म ‘द जोया फैक्टर’ मा देखिएकी थिइन् । उनले नयाँ प्राजेट भने घोषणा गरेकी छैनन् । उनी अहिले पति आनन्द आहूजाका साथ लन्डनमा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण