दाङमा ट्रकको ठक्करबाट मृत्युु हुने ३ जनाको सनाखत
दाङमा ट्रककले ठक्कर दिँदा घटनास्थलमै मृत्युु भएका मोटरसाइकलमा सवार ३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलिसकेको जानकारी दिएको हो ।
तर, प्रहरीले दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको र १८ बर्ष मुनिका तिन जना एउटै बाइकमा चढेको देखिएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
मंगलबार राती दाङको देउखुरीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।
मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको खड्काले बताए ।
ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण