घरकै चामल खान मन्त्रीहरूलाई उर्दी
मन्त्रीहरुको आधा तलब काटिएपछि के खाने ? केले पाहुना पाल्ने ? कुरा त उठ्थ्यो होला । तर, कसैले मुख फोर्न नपाउँदै प्रधानमन्त्रीले उपाय पनि बताइदिएपछि अस्ति सोमबार साँझ ६ देखि ९ बजेसम्मको क्याबिनेट बैठकमा सबै चुपचाप रहे ।
‘दुनियाँमा सबैभन्दा थोरै तलब भएका सांसद र मन्त्री नेपालकै हुन् तर अहिले कोरोनाको संक्रमणले देशलाई नराम्रोसँग गाँजेका कारण हामीले आधा तलब काट्नुपर्ने अवस्था छ...!’ प्रधानमन्त्री केपी ओलीले यसो भन्दा बैठकमा कोही बोलेनन् । बरु, उनले नै प्रष्ट पारे, ‘अब खर्च व्यवस्थापनको लागि घरबाटै चामल मगाएर खाने ।’ यसो भनेपछि गृह र अर्थबाहेक केही मन्त्री झसंग भए ।
मन्त्रीका दुःख कति भने, एकातिर पार्टीको लेबी, अर्कातिर आधा तलब कोभिड कोषमा गएपछि हातमा मुस्किलले हात्ती भएको पाँच थान नोट पनि नपर्ने । त्यसमाथि महंगी अचाक्ली । ठूला पर्वको समय, निर्वाचन क्षेत्र, कार्यकर्ता, मतदाताबीच जानु छ, त्यहाँ पनि हुने खर्च नै हो । तर, आधा पैसा कोभिड कोषमा गएपछि लप्पन–छप्पन नजान्ने र खासै स्रोत नभएका मन्त्री र सांसदलाई भने मार परेको छ ।
प्रधानमन्त्री आफैँले चैतदेखि मासिक तलब नबुझेको भन्ने गरेका छन् । तर, विदेशका महंगा अस्पतालमा हुने उपचार खर्चको जोहो कसरी भइरहेको छ ? व्यक्तिगत खर्च कसरी चल्छ ? कसैकसैले हँस्यौली गर्दै भन्ने गरेका छन्, ‘पत्नी राधिकाको राष्ट्र बैंकबाट आउने महिनावारी पेन्सनबाट त चल्ने होला नि !’
अर्कातिर, यसअघि सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन मल पैँचो मागेको विषय पनि अहिले पेचिलो बन्दै गएको छ । पैँचोमा मल नआउने भएपछि सरकारले त्यहीँबाट सोही परिमाणको मल खरिद प्रक्रिया अघि बढाउन ढाकास्थित नेपाली दूतावासलाई अख्तियारी दिने निर्णय भएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण