पिसीआरको नक्कली रिपोर्ट बनाउने व्यक्ति पक्राउ
बाँके । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्ट नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे । उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।
पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
लागुऔषध अफिमसहित दुई पक्राउ
बाँकेमा ७ किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कोहलपुर नगरपालिका-२ बसपार्कस्थित भेरी गेष्टहाउसको कोठा नं। १०५ वाट अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो । सो होटलमा लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाजरकोटको नलगाड नगरपालिका-९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय बीरेन्द्रमान सिंहलाई सो परिणामको अफिमसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
सो घटनाबारे थप अनुसन्धान एवं कारवाही प्रक्रियाअघि बढाएको जनाइएको छ । लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषधको कारोबार गर्नेमाथि न्यूनतम १५ वर्ष जन्मकैद र रु पाँच लाखदेखि २५ लाखसम्म जरिवाना तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण