पत्रकारमाथिको हमलाको राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा
एजेन्सी । संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले पत्रकारहरुमाथि हुने गरेको हमलाको कडा रुपमा निन्दा गरेका छन् । उनले यसरी प्रेसमाथि भएको हमलाको निन्दा गर्दै यस्तो हमला तत्कालै रोकिनुपर्ने बताए । साथै उनले यसरी पत्रकारलाई हमला गर्ने तथा हत्या गर्ने व्यक्तिहरुमाथि कानुन बमोजिम कडा कारबाही गर्न पनि माग गरे ।
महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकारको हत्या गर्ने व्यक्तिलाई कडा कारबाही नगर्दा यसबाट दण्डहीनता बढेको र जसका कारण पत्रकारको हत्या नरोकिएको पनि बताएका छन् ।
सो विज्ञप्तिका अनुसार सन् २०१८ देखि २०१९ सम्मको अवधिमा युनेस्कोले दिएको एक तथ्याँकमा ६७ जना पत्रकारको हत्या भएको थियो । ती पत्रकारहरुको हत्या सशस्त्र द्धन्द्ध भएका देशमा यसैसँग सम्बन्धित घटनाका कारण भएको पाइएको थियो ।
युनेस्कोले दिएको जानकारीमा तीमध्ये २३ जना पत्रकार त युद्धको समाचार संकलनकै क्रममा ज्यान गएको थियो । कतिपय पत्रकारलाई युद्धको समाचार संकलनका क्रममा हत्या गर्ने गरिएको पाइएको छ भने कतिपयलाई भने युद्धका नाममा हत्या गर्ने गरिएको छ भन्दै महासचिव गुटर्रेसले जे जस्तो गरेर भए पनि पत्रकारको हत्या गर्ने गरिएकोले हत्यामा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्ने बताए। –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण