ललितपुरको कर्मनासा खोलाको जग्गा व्यक्तिको नाममा
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।
खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो ।
त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले जग्गाधनीलाई आयोगमा हाजिर हुन सूचित गरिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण