‘राजा हिन्दुस्तानी’ को यस्तो दृश्यका लागि कापेकी थिइन् करिश्मा, सुटिङका लागि ३ दिन लाग्यो

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुर र अभिनेता आमिर खानको जोडीलाई पर्दामा निकै रुचाइएको थियो । आज पनि दुबैको फिल्मलाई दर्शकले मन पराउने गरेका छन् । करिश्मा र आमिरको जोडीलाई दर्शकले धेरै मन पराएको फिल्म ‘राजा हिन्दुस्तानी’ रिलिज भएको अहिले २४ वर्ष पुरा भएको छ । फिल्म दर्शकको मनमा बस्न सफल भएको छ ।
फिल्म एक किस सिनको कारणले पनि चर्चामा रहेको थियो । उक्त सिन करिश्मा र आमिरमाथि खिचिएको थियो । यो सिनका लागि करिश्माले निकै मिहिनेत गर्नु परेको बताएकी थिइन् । १९९६ मा रिलिज फिल्मको हरेक सिन महत्वपूर्ण रहेको थियो ।
एक अन्तवार्ताको क्रममा अभिनेत्री करिश्माले ‘राजा हिन्दुस्तानी’ को किस सिन निकै चर्चामा रहेको बताएकी थिइन् । उक्त सिन सुटिङका लागि आफुहरुलाई तीन दिन लागेको बताएकी थिइन् । ‘म कापिरहेको थिए । सोच्थे कहिले सकिन्छ उक्त सिन’ उनले अन्तवार्तामा बताएकी थिइन् । उक्त सिन फेब्रुअरी महिनामा उटीको निकै चिसोमा साँझको ६ बजे छायाँकन भएको थियो ।
फिल्म १५ नोभेम्बर १९९६ मा रिलिज भएको थियो । फिल्म सुपरहिट साबित भएको थियो । फिल्मले केही सुपरहिट फिल्मका रेकर्ड समेत ब्रेक गर्न सफल भयो । धर्मेश दर्शनको निर्देशन रहेको फिल्ममा करिश्मा र आमिरको अलवा सुरेश ओबराय, अर्चान पुरन सिंह, जोनी लीवर, फरीदा जलाललगायतका कलाकारको अभिनय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन
-
करिब ८६ प्रतिशत निर्माण पूरा हुँदा यस्तो देखियो सिंहदरबारमा निर्माणाधीन संसद् भवन (तस्बिरहरू)
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
-
भाडाको घरमा सीके राउतको दाबी, हत्याउन अनेक प्रपञ्च
-
कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
दिवस नाथको ‘राख मनैमा’