‘राजा हिन्दुस्तानी’ को यस्तो दृश्यका लागि कापेकी थिइन् करिश्मा, सुटिङका लागि ३ दिन लाग्यो
मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुर र अभिनेता आमिर खानको जोडीलाई पर्दामा निकै रुचाइएको थियो । आज पनि दुबैको फिल्मलाई दर्शकले मन पराउने गरेका छन् । करिश्मा र आमिरको जोडीलाई दर्शकले धेरै मन पराएको फिल्म ‘राजा हिन्दुस्तानी’ रिलिज भएको अहिले २४ वर्ष पुरा भएको छ । फिल्म दर्शकको मनमा बस्न सफल भएको छ ।
फिल्म एक किस सिनको कारणले पनि चर्चामा रहेको थियो । उक्त सिन करिश्मा र आमिरमाथि खिचिएको थियो । यो सिनका लागि करिश्माले निकै मिहिनेत गर्नु परेको बताएकी थिइन् । १९९६ मा रिलिज फिल्मको हरेक सिन महत्वपूर्ण रहेको थियो ।
एक अन्तवार्ताको क्रममा अभिनेत्री करिश्माले ‘राजा हिन्दुस्तानी’ को किस सिन निकै चर्चामा रहेको बताएकी थिइन् । उक्त सिन सुटिङका लागि आफुहरुलाई तीन दिन लागेको बताएकी थिइन् । ‘म कापिरहेको थिए । सोच्थे कहिले सकिन्छ उक्त सिन’ उनले अन्तवार्तामा बताएकी थिइन् । उक्त सिन फेब्रुअरी महिनामा उटीको निकै चिसोमा साँझको ६ बजे छायाँकन भएको थियो ।
फिल्म १५ नोभेम्बर १९९६ मा रिलिज भएको थियो । फिल्म सुपरहिट साबित भएको थियो । फिल्मले केही सुपरहिट फिल्मका रेकर्ड समेत ब्रेक गर्न सफल भयो । धर्मेश दर्शनको निर्देशन रहेको फिल्ममा करिश्मा र आमिरको अलवा सुरेश ओबराय, अर्चान पुरन सिंह, जोनी लीवर, फरीदा जलाललगायतका कलाकारको अभिनय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण