शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इरानमा कोरोना सङ्क्रमितको संख्या ८ लाख नाघ्यो

बिहीबार, ०४ मङ्सिर २०७७, २२ : ५३
बिहीबार, ०४ मङ्सिर २०७७

एजेन्सी । इरानमा गत २४ घण्टामा १३ हजार २२३ जनामा थप व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएपछि कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १५ हजार ११७ पुगेको बिहीबार जनाइएको छ ।  गत २४ घण्टामा सङ्क्रमित भएको व्यक्तिमध्ये २ हजार ९३८ जनालाई भने अस्पतालमा भर्ना गर्नै पर्ने स्वास्थ्य मन्त्रालयकी महिला प्रवक्ता सिमा सदात लारीले बताएकी छिन् ।

इरानमा २४ घण्टा कोरोना भाइरस भाइरस सङ्क्रमणको कारण ४७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ४३ हजार ४१७ जना पुगेको  छ । इरानमा कोरोना भाइरस सङ्क्रमित मध्ये ५ लाख ८३ भन्दा बढी निको भएका पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप