अत्यधिक तौल कम गर्न खाली पेटमा गरिने यी ४ उपाय
एजेन्सी – तौल कम गर्नु सजिलो छैन । तर शरीरमा अनावश्यक मासु लाग्नबाट बच्न भने सही खाना र नियमित व्यायाम गर्नु अत्यन्तै आवश्यक छ । तर, केही आयुर्वेदिक सुपर फुडले तीव्र गतिमा तौल कम गर्न मद्दत गर्ने र शरीरमा टोक्सिनको मात्रा कम गराउने बताइन्छ ।
कागती र घ्यूसँग तातो पानी
पेरिस्ट्याल्सिसलाई सुधार्नका लागि घ्यू र कागतीका साथसाथै २०० मिलीलिटर तातो पानी सेवन गर्नुपर्छ । कब्जियतको समस्या भएमा र पाचन प्रणालीमा खराबी आएमा यो उपायले निकै मद्दत गर्छ ।
पाचक चिया
आजभोलि बजारमा विभिन्न प्रकारका आयुर्वेदिक चिया पाइन्छ । तर, घरमा नै चिया तयार गर्दा निकै फाइदाजनक हुन्छ । त्यसको लागि एक चम्चा जिरा, एक चम्चा सौँप, एक चम्चा धनिया, एउटा अलैँची र थोरै अजवाइनलाई ५० मिलिलिटर पानीमा आधा हुँदासम्म उमाल्ने र खाली पेटमा उक्त तयार भएको पानी पिउने गर्दा छिटो तौल कम हुन्छ ।
मेटाबोलिज्म चिया
मेटाबोलिज्म चियाका लागि दालचिनी, इलाइची, ल्वाङ, अदुवा, खुर्सानी, बेसार, स्टार ऐनिज जस्ता कुराहरुको मिश्रण गर्ने र सबै सामाग्रीलाई ५०० मिलीलिटर पानीमा उमाल्ने र त्यसलाई आधा हुँदासम्म उमाल्ने । यसको स्वाद बढाउन लागि कागती पनि मिसाउन सकिन्छ । यो चिया पिउँदा शरीरमा गर्मी र मेटाबोलिज्म ठिक हुन मद्दत पुग्छ ।
काँचो फलफूल
हर्बल चिया पिएपछि काँचो फलफूल खाने गर्नुपर्छ । यसको लागि रातो वा हरियो स्याउ, चेरी, स्ट्रबेरी, ल्ब्याकबेरी, अमला, भुँइकटहर, आधा पाकेको केरा , अनार आदि फलफूल स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी फलफूलले शरीरमा पानीको अवरोध कम गर्नुका साथै जोर्नी र छालामा कोलेजनलाई बलियो बनाउँछ साथै तौल पनि घटाउन पनि मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरिबन्धु टी स्टेट्बारे ओलीलाई देउवाको प्रश्न : आफूले गरेको कुरा गरेको हो भन्न किन आपत्ति ?
-
‘सकस’मा जम्दै राजु र अन्जुको जोडी
-
पार्टी विभाजनको समाचारले हामी पनि आत्तियौँ : माधव नेपाल
-
संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसले पठायो ‘एसएमएस’
-
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीको सन्न्यास घोषणा
-
सामान्य विवादमा कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या